पथरी शनिश्चरे क्रिकेट प्रिमियर लिगको चौथों संस्करण कात्र्तिक १० गतेदेखि, १० लाख खर्च हुने - SportsNepal07

पथरी शनिश्चरे क्रिकेट प्रिमियर लिगको चौथों संस्करण कात्र्तिक १० गतेदेखि, १० लाख खर्च हुने

भदौ २५, पथरी । चौथो संस्करणको पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिगको तालिका सार्वजनिक गरिएको छ । आगामी कात्तिक १० गतेदेखी २३ गतेसम्मा पथरीशनिश्चरे –१ को प्रस्तावित रंगसालामा संचालन हुने तालिका सार्वजनिक भएको हो ।

लिगको लागि अहिले २३२ जना क्रिकेट खेलाडीले आवेदन दिइ सकेका छन । चौथो संस्करण खेल्न अण्डर नाइन्टीनबाट विश्वकप खेल्न लागेको दिपेश कंडेलले पनि आवेदन दिएका छन ।

असोज ६ गतेको दिन ७ टिमको लागी खेलाडी अक्सनको कार्यक्रम सिनभिलेज पार्टी प्यालेसमा कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष बिरोज मगरले जानकारी दिएका छन् ।

चौथो संस्करणमा एउटा टिमले बढीमा नगद ५० हजार रुपैयाँ खर्च गरेर खेलाडीहरु खरिद गर्नुपर्ने छ ।
यस प्रतियोगितामा एउटा टिमले नगर बाहिरको बढीमा ४ जना खेलाडी मात्र अनुबन्ध गर्न पाउने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको जम्मा अनुमानित १० लाख रुपैयाँ खर्च हुने समितिको कोषाध्यक्ष पुकार राईले जानकारी दिए । प्रतियोगिताको पहिलो पुरस्कार राशी नगद १ लाख ३१ हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र रहनेछ । प्रतियोगिताको मुख्य प्रायोजक पथरीशनिश्चरे नगरपालिका रहने आयोजक समितिको कोषाध्यक्ष राईले जानकारी दिए ।

२०७७ सालको भदौदेखी पहिलो लिग सुरु गरेर निरन्तर संचालनमा हुदै आएको छ । पहिलो सिजनको प्रथम पुरस्कार रोयल किंग पथरीशनिश्चरे १ ले उठाएको थियो । दोस्रो र तेस्रो सिजनको लिग बिजेता “सात बाघ” पथरीशनिश्चरे ७ ले उठाएको थियो ।

पहिलो सिजनको नगद पुरस्कार राशी नगद ४० हजार रुपैयाँ रहेको थियो । दोस्रो संस्करणमा नगद पुरस्कार ८० हजार रुपैयाँ तेस्रो संस्करणमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार थियो ।

पथरीशनिश्चरे नगरलाई चिनाउने, क्रिकेट खेलको विकास र ब्यवसायिक खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना संचालन हुन लागेको हो । कार्यक्रमको खर्चको लागी सह–प्रायोजक लगायत अन्य आर्थिक सहयोग गर्न सहयोगीहरुलाई अपिल गरिएको अध्यक्ष मगरले बताए ।

चौथो संस्करणको खेलमा यी टिमहरुले भाग लिने छन् ।
१, २ पटकको डिफेन्डीङ च्याम्पीयन सात बाघ । पथरीशनिश्चरे ७
२, प्रथम संस्करणको विजेता रोयल किङग्स पथरीशनिश्चरे १
३, बुद्ध युनाइटेड पथरीशनिश्चरे २
४, बिरेन्द्रनगर स्टील टाइगर (दिएसटि) पथरीशनिश्चरे ३
५ आइतबारे अश्त्र पथरीशनिश्चरे ३
६, क्लासिक ११ पथरीशनिश्चरे ५ हसन्दह
७, नवप्रबेशी टिम गोर्खा लिजेन्ट पथरीशनिश्चरे २ ले सहभागिता जनाउने निश्चित छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर