विदेशबाट नेपालतर्फको उडान आगामी अप्रिल १५ सम्म बन्द - SportsNepal07

विदेशबाट नेपालतर्फको उडान आगामी अप्रिल १५ सम्म बन्द

काठमाडौं, १६ चैत्र ।
उच्चस्तरीय समितिले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप १५ दिनलाई लम्ब्याएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाउँमा गरेको सम्बोधनमा ३१ मार्च अर्थात १८ चैत्रसम्म विदेशबाट नेपाल आउने हवाई उडान प्रतिवन्धको घोषणा गरेका थिए । आइतबार कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले थप १५ दिन प्रतबन्ध लम्ब्याएर आगामी अप्रिल १५ अर्थात २०७७ बैशाख ३ सम्म पुर्याउने निर्णय गरेको हो ।

विदेशी पर्यटकको उद्धारमा सरकारी चटारो

नेपालमा लकडाउन घोषणा भएपछि अलपत्र परेका विभिन्न मुलुकका ९१३ विदेशी नागरिकलाई नेपाल सरकारले उद्धार गरेको छ ।
नेपाल घुम्न आएका तर लकडाउनका कारण हवाई उडान बन्द हुँदा विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडांै ल्याइएको नेपाल पर्यटन बोर्डले जनकारी दिएको छ ।
लुक्ला, पोखरा, मुस्ताङ लगायत मुख्य पर्यटकीय गन्तव्यहरुमा ती पर्यटक अलपत्र परेका थिए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीका अनुसार लुक्लालगायत गन्तव्यमा रोकिएका पर्यटकको उद्धार भइसकेको र अन्य गन्तव्यमा रहेका पर्यटकहरुको पनि उद्धार गरिने छ ।
उद्धार गरी काठमाडांै ल्याइएका ९१३ विदेशीलाई सम्बन्धित देशले कतार एयरवेजको जहाजमार्फत चार्टर्ड उडान गरी गन्तव्यतर्फ लगेका बताइएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतारको जहाजले शुक्रबार एक उडानबाट ३०४ र शनिबार दुई उडानमार्फत ६०९ युरोपेली देशका नागरिक लगेको विमानस्थलले जनाएको छ ।
लुक्लामा रोकिएका पर्यटकको शुक्रबार बुद्ध एयर र तारा एयरले उद्धार गरेका थिए भने शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार गरेको थियो । त्यस्तै तारा, समिट र श्री एयरलाइन्सले पर्यटक उद्धार गरेको विमानस्थलले जनाएको छ ।
हाल फ्रान्स, जर्मनलगायत देशका नागरिक घर फर्किएका हुन् । अब क्रमशः अष्टे«लिया र अमेरिकाका नागरिक स्वदेश लैजाने तयारी भइरहेको छ । अष्ट्रेलियाका नागरिक निगमको वाइडबडी जहाजमार्फत अप्रिल १ तारिखमा स्वादेशतर्फ उड्ने छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर