कानेपोखरीमा प्रथम वडा अध्यक्ष कप आजदेखि हुर्दै, विजेताले ५० हजार पाउने - SportsNepal07

कानेपोखरीमा प्रथम वडा अध्यक्ष कप आजदेखि हुर्दै, विजेताले ५० हजार पाउने

असोज २२, कानेपोखरी । मोरङको कानेपोखरी –५ नम्बर वडा स्थित जहदामा प्रथम वडा अध्यक्ष खुल्ला नकाउट प्रतियोगिता आजदेखि हुने भएको छ ।

आजबाट सुरु हुने प्रतियोगिताको वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङले उद्घाटन गर्नेछन् । जहदा फुटबल क्लबद्धारा आयोजित फुटबल प्रतियोगितालाई वडा नं. ५ वडा कार्यालयले प्रथम र दोस्रो पुरस्कारको व्यवस्था गरेको छ । वडा नं. ५ को जहदा खेलमैदान दैनिक खेल हुने आयोजक समितिले जनाएको छ । असोज २१ गते सुरुहुने खेल बर्षाको कारण खेलमैदानमा पानी जमेकोले एकदिन पछि आजबाट खेल सुरु गरिएको आयोजक समितिका संयोजक डेनिम राईले बताए ।

खेल असोज २३ गते सुरु भएर कात्तिक ३ गते समापन हुने छ । खेलमा ‘ए’ पोलबाट जहदा एफसी कानेपोखरी, शुक्रबारे युवा एफसी सुन्दरहरैचा, हिमसिखर एकेडेमी सुनसरी, बाहुनी एफसी मोरङ, जुटविकास फुटबल एकेडेमी इटहरी, बेलबारी एफसी मोरङ, लालभिती एफसी मोरङ, पाथीभरा एफसी मोरङले खेल्ने छ ।

त्यसैगरी ‘बी’ पोलबाट इटहरी एफसी सुनसरी, हिमाल युनाइटेड मोरङ, बिएम फुटबल एकेडेमी बेलबारी मोरङ, शान्तिनगर एफसी सुनसरी, नाजरिन युवा क्लब, पथरी मोरङ, डी एफसी भाउन्ने, मोरङ, यङ्ग वोइज एफसी पानबारी, सुनसरी गरी जम्मा १६ टिमले प्रतियोगिता खेल्ने छन् ।

खेलमा प्रथम हुनेले ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले ३० हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन् । खेलमा दैनिक म्यान अफ दि म्याचको व्यवस्था रहेको छ । खेलको समापनमा विभिन्न विद्यामा खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.