७ बैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा १० औं सीएच आईटिएफ तेक्वान्दो खेल हुने भएको छ ।
नेपाल सीएच आईटिएफ तेक्वान्दो कोशी प्रदेशको आयोजना आगामी जेठ १५, १६ र १७ गते शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । प्रतियोगिता वडा नं. ६ स्थित जनसेवा माविको खेलमैदानमा हुने आयोजकले बताएका छन् ।
प्रतियोगितामा २५ जिल्लाबाट ३५० जना खेलाडीहरुले भाग लिने छन् । अन्य ५० जना रेफ्री, १० जुरी, १० अफिसियल, तथा ३० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक टिम हुनेछन् ।
पुरुष र महिला दुवै तर्फ सिङ्गल फाइट, ग्रप फाइट ५ जना, सिङ्गल प्याटन र ग्रुप प्याटन ५ जना विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष तर्फ २० केजीदेखि ९० केजी र महिला तर्फ २० केजीदेखि ८० केजीसम्मको तौल समूहमा प्रतिस्पर्धा गराइने आयोजकले पत्रकार सम्मलनमा बताए ।
प्रतियोगितामा स्वार्ण पदक ५०, कास्य पदक ५० र रजत पदक १ सय जना गरी जम्मा दुई सय जनाले पदक र प्रमाण पत्र प्राप्त गर्नेछ । जिल्ला प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने आयोजकले बताए ।
संघले हालसम्म ब्लाक बेल्ट वान डान २२ जना, ब्लाक बेल्ट टु डान २ जना, थ्री डान २ खेलाडी उत्पादन गरेको छ । प्रदेशभर खेलाडी संख्याको हिसाबले तेह्रथुमको आठराई गाउँपालिकामा ७० जना र मोरङको उर्लाबारी, कानेपोखरी र रंगेलीमा १२० जना खेलाडीहरु खेल खेलिरहेको छ ।
प्रतियोगिता आयोजना गर्न ८ लाख ७० हजार रुपैयाँको अनुमानित लागत लाग्ने बताइएको छ । यसका लागि स्थानीय सरकार, संघसंस्था, खेलप्रेमी र दाताहरूसँग सहयोगको अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनका अध्यक्षता सी.एच. आईटिएफ तेक्वाण्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भूजेलले गरेका थिए । अध्यक्ष भुजेलले सपूर्ण अभिभावक, सञ्चारकर्मी, संघसंस्था र खेलप्रेमीहरूलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्न आग्रह गरेका थिए ।