
पूर्व विश्वविजेता जर्मनी फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएको छ ।
समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि जर्मनी गोलअन्तरमा स्पेनसँग पछि पार्दै बाहिरियो ।
समूहमा शीर्ष स्थानको जापानले ६ अंक जोड्दा स्पेन र जर्मनीले चार चार अंक जोडे । जर्मनी बाहिरिनुको मुख्य कारण जापानले जित बन्यो ।
जापानले अन्तिम १६ मा स्थान बनाउने क्रममा समूहमा पूर्वविश्वविजेताद्वय स्पेन र जर्मनीलाई हरायो ।
समूहमा जापानले ६ अंक जोड्न सफल भयो । यसअघि जापानले समूहमा जर्मनीलाई पनि हराएको थियो । कोस्टारिकासँग भने जापान पराजित भएको थियो ।
पहिलो खेलमा कोस्टारिकालाई हराएको स्पेनले दोस्रो खेलमा जर्मनीसँग बराबरी खेलेको थियो । पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले हराएकाले स्पेन गोलअन्तरमा चार गोलले अघि रह्यो ।
चार अंक जोडेको स्पेनले जर्मनीलाई गोलअन्तरमा पछि पा¥यो । अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि चार अंक नै जोडेको जर्मनी भने स्पेनसँग गोलअन्तरमा पछि पार्दै बाहिरियो ।
पहिलो खेलमा जापानसँग पराजित भएको जर्मनीले दोस्रो खेलमा स्पेनसँग बराबरी खेलेको थियो ।
अन्तिम खेलमा कोस्टारिकालाई हराए पनि जर्मनीलाई अन्तिम १६ मा पुग्न पर्याप्त हुन सकेन ।