
भदौ २६ गते, पथरी । तेस्रो पथरीशनिश्चरे नगर स्तरीय क्रिकेट प्रतियोगिताको लागि अक्सनबाट ८ वटा टिममा खेडाडीहरु अनुवन्धित भएका छन् ।
शनिबार शीन भिलेज पार्टी प्यालेसमा भएको कार्यक्रममा नगरभित्रका खेलाडीहरूलाई अक्सनको माध्यमबाट खेलाडीहरु टिममा अनुवन्धित भएका छन् । । प्रतियोगितामा सात बाघले अक्सनको माध्यमबाट अनिश लुईटेल, विदित राई, केविन राईलाई आफ्नो टिममा अनुबन्धित गरेको छ ।
त्यसैगरी मंगलबारे लिजेन्टले राकेश दहाल, रोहन गहतराज, अभिषेक विक सहितका खेलाडीलाई अनुवन्दन गरेको छ । हिसाब किताब ट्राईडेन्टले अन्जान राई, पुरूषोत्तम न्यौपनेलाई टिममा समावेश गरेको छ । विरेन्द्रनगर स्टिल टाइगर्सले आभाष पाहीम, पशुपति नाथ दाहाललाई टिममा समावेस गरेको छ ।
बुद्ध युनाइटेडले सुदिप चौधरी, राकेश राई, राजु राईको नेतृत्वसहित १६ जना खेलाडीहरू आफ्नो टिममा अनुवन्धित गरेको छ । त्यस्तै क्लासिक ११ हसन्दहले सुजन खत्री, सोलोमन राईसहित अन्य खेलाडीहरूको छनौट गरेको छ । आइतवारे क्लबले आदर्श खत्री, ड्रोनजंग थापा, समित राई लगायतका अन्य खेलाडीलाई आवद्ध गराएको छ । त्यस्तै रोयल्स किंग्सले दिपेश श्रेष्ठ, पवन राई र राज बस्नेत सहितका खेलाडीलाई क्लबमा अनुवन्धित गरेका छन् ।

प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, उपविजेता टिमले ५५ हजार ५सय ५५ रूपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, प्रतियोगिताका अनुशासित टिम, उत्कृष्ट व्याटर, वलर, क्षेत्ररक्षक र उद्यमान खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा नगरक्षेत्रभित्रका ८ वटा टिमले सहभागिता जनाउने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आगामी असोज –२२ देखि कार्तिक ६ गतेसम्म पथरीशनिश्चरेको नगर रङ्गशालामा लिग, प्लेअफ र फाईनल खेलहरू हुनेछन् ।
मोरङको पथरीशनिश्चरेका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरको विकासमा खेलकुद क्षेत्रको महत्वपुर्ण भुमिका रहेको जनाउँर्दै नगरको शान र गौरव बढाउने क्रिकेट प्रिमियर लिगको सिजन–३ संचालन गर्न नगरबाट सक्दो सहयोग प्रदान गर्ने बताए । कार्यक्रम आयोजक अध्यक्ष अरूण राईको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व नगरप्रमुख दिलिप कुमार राई, उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष धन कुमार तामाङ सहितले प्रतियोगिताको सफलताको शुभकामना मन्तव्य गरेका थिए । तस्विरहरु आइतबारे अस्त्र

