श्रीलंकालाई एसिया कपको उपाधि - SportsNepal07

श्रीलंकालाई एसिया कपको उपाधि

भदौ २७ गते, एजेन्सी । श्रीलंकाले पाकिस्तानलाई पराजित गर्दै एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको फाइनल खेलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका च्याम्पियन बनेको हो ।

श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ४९ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीले हार ब्यहोरेको हो ।

यस्तै इफ्तिखर अहमेदले ३१ बलमा ३२ तथा हरिस राउफले ९ बलमी १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । चामिका करुनारत्नेले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।
श्रीलंकाका लागि भानुका राजपाक्षेले अविजित रहदै ४५ बलमा ७१ रनको अर्धशतकीय इनिङ खेले । चामिका करुनारत्नेले अविजित १४ बलना १४ रन बनाए ।

वानिन्दु हसरंगा डी सिल्भाले २१ बलमा ३६ तथा धनन्जय डी सिल्भाले २१ बलमा २८ रन बनाए । पाकिस्तानका हरिस राउफले ३ विकेट लिए । निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १÷१ विकेट लिए ।

यससँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । श्रीलंकाले आठ वर्षपछि उपाधि जितेको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर