लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा - SportsNepal07

लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा

पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा पुग्ने क्रममा सोमबार राति ब्राजिलले स्विट्जरल्यान्डलाई १–० गोलले पराजित ग¥यो ।

ब्राजिलको जितमा कासेमिरोले गरेको गोल निर्णायक सावित बन्यो । उनले खेलको ८३ मिनेटमा गोल गरेका थिए। रोद्रिगोले उपलब्ध गराएको पासमा उनले गोल गरेका थिए।

समूह ‘जी’ मा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि पहिलो खेलमा सर्वियालाई हराएको थियो ।

एक एक अंक जोडेका क्यामरुन र सर्बिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । अब अन्तिम चरणमा ब्राजिल र क्यामरुन तथा स्विट्जरल्यान्ड र सर्बिया भिड्नेछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर